राष्ट्रपति टिका प्रकरण: रबि लामिछाने देखि बाबुराम भट्टराईसम्म, कसले के भने ? हेर्नुहोस्

Posted on: 23 Oct, 2018

कार्तिक ६, काठमाडौं । यसपालिको दशैँमा निकै भाइरल बनेको राष्ट्रपति टिका प्रकरण बिषयमा विभिन्न बौद्धिक व्यक्तिहरुले समेत टिप्पणी गरेका छन् । यहि बिषयलाई लिएर पुरानो ब्यबस्थाको अन्त्य भनिए पनि संस्कार नबदलिएको भन्दै सामाजिक संजालमा कम्युनिष्ट सरकार प्रति यतिबेला निकै आलोचना भैरहेको छ ।

पुरानो व्यवस्थाका पुराना शासकहरु फेरिए पनि व्यबस्थाको चरित्र नफेरिको भन्दै ओली नेतृत्वको कम्युनिष्ट सरकार प्रति सामाजिक संजालमा चर्को टिप्पणी बढेको हो ।

दशैँको टिका ग्रहण गर्दै राष्ट्रपति बिद्या देवी भण्डारी संग लपक्क झुकेर टिका ग्रहण गर्दै गरेको तस्बिरले पुरानो राजतन्त्रात्मक व्यबस्थाको शैलीलाई ब्यूताएको भन्दै निकै आलोचना बढेको छ ।

यसै बिषयमा राजनीतिज्ञ देखि संचारकर्मी तथा बौद्धिक वर्गका कुन कुन व्यक्तिले आफ्नो सामाजिक संजालमा के के भने हेर्नुहोस यो रिपोर्ट:

बाबुराम भट्टराई (नयाँ शक्ति पार्टीका संयोजक)

मार्क्स जीवित छँदै उनको नाउँमा गलत हर्कत गर्नेहरूलाई मार्क्सले भनेका थिए-If this is ‘Marxism’,I am no Marxist!अहिले नेपालको ‘कम्युनिष्ट’ सरकारलाई मार्क्सले हेरिरहेका भए भन्लान्-If this is ‘communism’, I am no communist!


रबि लामिछाने (संचारकर्मी)

रैती नै हुन रुचाउने चाकडिवाज र राजा रानी नै हुन रुचाउने नव-महाराज/महारानीहरु जो घुडा टेक्छन/टेकाउछन,गणतन्त्र नेपालमापनि जनताको बाटो रोकेर सवारी चलाउछन। म चाहिँ अब कसैले सवारी भन्दै बाटो रोक्यो भने मरिगएपनि रोकिन्न। रा प को “सवारी” चल्दा जनताले हिड्न पाउदैनन् भन्ने कुरा संविधानमै लेख्या भए समातेर थुन्नु। लाजको पसारो…


रबिन्द्र मिश्र (विवेकशील साझा पार्टी संयोजक)

दुखी प्रजा र सुखी राजाका कुरा:

हाम्रो मन र मत बदलिएपछि यो अवस्था आफैं बदलिनेछ। त्यसका लागि अब धेरै वर्ष पर्खिनु पर्दैन होला। अन्यथा प्रमूख दलहरूबाट दशकौंदेखि भोग्दै आएको ‘आडम्बरी-सामन्ती समाजवाद’ एक या अर्को रूपमा प्रकट भइनै रहनेछ। जनता ‘दुखी प्रजा’ र नेता ‘सुखी राजा’ भइरहने छन्।


विजय कुमार पाण्डे (लेखक तथा विश्लेषक)

यी सज्जनले जे गरे,सो गरे । गोर्कीले भनेका छन ‘घस्रन जन्मेको मान्छे उडन सक्दैन’ । तर सम्माननिय राष्ट्रपतिले पनि यी सज्जनलाइ , यो धनुष्टङकार मुद्रामा नबस्न आदेश हुनु पर्ने थियो। यी सज्जनले राष्ट्रपति पदको मान होइन , नेपाली गणतन्त्रको अपमान गर्दैछन भनेर बुझिनु पर्छ ।


जुगल भुर्तेल (लेखक तथा विश्लेषक)

बिउँझिएर जनताले एकदिन

गाए ‘महान’ युद्धको गीत

‘सामन्त’हरूको भयो सफाया

दासमात्र रहे जीवित !!!!!!!!!!!


दिल निशानी मगर (लेखक तथा विश्लेषक)


यस बिषयमा तपाइको प्रतिक्रिया...!