काठमाडौंका भिन्न दुई गेष्टहाउसमा महिला र पुरुष मृत फेला

Posted on: 25 Oct, 2018

कात्तिक ८, काठमाडौं | काठमाडौंको भिन्न दुई गेस्ट हाउसमा एक महिला र पुरुष मृत फेला अवस्थामा परेका छन् । 

टोखा नगरपालिका वडा नं ९ बुद्धटोलमा रहेको पाँचथर स्यावरुम्बा गेस्ट हाउसमा एक महिला मृत फेला परेकी छन् । गेस्ट हाउसको दोस्रो तलामा रहेको १०२ नम्बरको कोठामा रुपन्देहीको बुटवल घर भएकी मीना गुरुङ शंकास्पद अवस्थामा मृत फेला परेकी हुन् । 

घटनाबारे महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान अगाडि बढाएको छ । 

यस्तै काठमाडौंको पकनाजोलस्थित कालिका गेस्ट हाउसमा पनि एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बिगत ५ महिनादेखि गेस्ट हाउसको कोठा भाडामा लिएर बस्दै आएका अछाम मंगलशेनका ५४ वर्षीय रुपबहादुर शाह मृत फेला परेका हुन् । उनी शौचालयमा मृत फेला परेका प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!