काठमाडौंको नेपालटारमा ट्रकको ठक्करबाट ३ पैदलयात्रीको मृत्यु

Posted on: 26 Oct, 2018

कात्तिक ९, काठमाडौँ । काठमाडौको तार्केश्वर नगरपालिकामा रहेको लोलाङमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । बाटोमा हिँडिरहेका पैदलयात्रीलाई ट्रकले ठक्कर दिएको हो ।

ना ६ ख ७८२५ नम्बरको सिमेन्ट बोकेको ट्रकको ठक्करले एक बालक तथा एक वृद्धा गरी ३ को ज्यान गएको हो ।


ठक्करबाट दुर्इ जनाको घटनास्थलमा नै मृत्यु भएको र अर्का एकको उपचारका क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

मृत्यु हुनेमा ७० वर्षीय वृद्धा तिलकुमारी तिवारी, ६० वर्षीय सावित्री पुडासैनी तथा ३ वर्षीय बालक अजित तिवारी रहेका छन् । ठक्कर ट्रकलाई नियन्त्रणमा लिर्इ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!