पूर्वएआईजी सवार गाडी दुर्घटना, तीन जना गम्भीर घाइते

Posted on: 27 Oct, 2018

कत्तिक १०, काठमाडौं । काभ्रेमा ६ जना सवार निजी गाडी दुर्घटना भएको छ | दुर्घटनामा परि तीन जना गम्भिर घाइते भएका छन् । 

काभ्रेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतका अनुसार पूर्वएआईजी किरण गौतम चढेको गाडी दुर्घटनामा परेको हो । 

दुर्घटनामा घाइते हुनेहरुको परिचय खुल्न बाँकी छ । 

घटनास्थलमा प्रहरी पुगिसकेको र उनीहरुको उद्दार कार्य भइरहेको छ । घटनाबारे थप विवरण आउन बाकि छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!