गाँजासहित पर्वतमा तीन जना पक्राउ

Posted on: 28 Oct, 2018

पर्वत/पर्वतको कुश्मा नगरपालिका वडा न ६ स्थित शिवालय चोकवाट लागु औषध गांजा सहित ३ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा काठमाडौं चावहिल वस्ने २२ वर्षको सुनिल कुमार श्रेष्ठ , सोही स्थान बस्ने एलिजा राई र पर्वत कुश्मा नगरपालिका वडा न ९ ज्ञादी वस्ने २० वर्षकी अपेक्षा परियार रहेका छन् ।

उनीहरुको साथबाट अन्दाजी १०० ग्राम गांजा फेला परेको र निजहरुको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पक्राउ परेकाहरुलाई पर्वत जिल्ला अदालतवाट १० दिन म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरी निरिक्षक रबिन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!