आजको विदेशी मुद्राको विनिमय दर कुन देशको कति ?

Posted on: 28 Oct, 2018

कात्तिक ११, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २० र बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ९२ पैसा र बिक्रिदर ३२ रुपैयाँ ०८ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०८ पैसा र बिक्रिदर २८ रुपैयाँ २२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २६ र बिक्रिदर १० रुपैयाँ ३१ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ८५ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ८७ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ११ रुपैयाँ ०५ पैसा र बिक्रिदर ३ सय १२ रुपैयाँ ६५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!