सडक डिभिजन कार्यालय गुल्मीमा: मन्त्री बरालद्धारा आज उद्घाटन

Posted on: 28 Oct, 2018

प्रेम सुनार | कार्तिक–११, बुटवल । पाल्पा अर्घाखाँची र गुल्मी हेर्ने गरी  पुल तथा सडक डिभिजन कार्यालय   आज देखि गुल्मी मै बस्ने भएको छ । ‘ एक  महिना अघि ५ नम्वर प्रदेश सरकारले सो कार्यालय निर्णय गरेको थियो । तर पछि  एक्कासी पाल्पा सारिएकै थियो ,–नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )  गुल्मीका प्रस्तावित पार्टी अध्यक्ष वालसिंह काउछाले भने–‘निकै ठुलो प्रयासमा गुल्मी मै ल्याउन सफल भईयो ।  आजै सामाजिक विकास मन्त्री सुदर्शन बरालद्धारा सदरमुकाम तम्घासमा कार्यालय उद्घाटन हुँदैछ ।  यसबाट हामी सबै गुल्मेलीहरु बधाईका पात्र भएका छौं । ’

सो पार्टीका प्रस्तावित पार्टी सचिव बुद्धि जिसी भन्छन –‘गुल्मीमा परेको सडक डिभिजन कार्यालय एक्कासी पाल्पा सारिए पछि गुल्मीका राजनैतिक दल सहित  निर्माण ब्यबसायी संघ , उद्योग बाणिज्य संघ लगायतका सरोकारवालाहरु प्रदेश सरकारका मुख्य मन्त्री  देखि केन्द्र सम्म डेलिगेशनमा पुगेका थिए । त्यस पछि प्रदेश सरकारको हकमा  गुल्मीबाट निर्वाचित मन्त्री सुदर्शन बराल , सबै सांसद र जिल्ला नेताहरुको ठुलो पहल रह्यो । फलस्वरुप गुल्मी मै ल्याउन सफल भईएको हो ।’

मन्त्री बरालका  स्वकिय सचिव यदु ज्ञवालीका अनुसार आज दिउँसो तीन बजे मन्त्री बरालले सो कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदेश सरकारको मन्त्री परिषदले गुल्मीमा सडक डिभिजन राख्ने निर्णयलाई उल्टाएर पाल्पामा सार्ने पाल्पालीहरुको कसरतलाई गुल्मी कै केहि मानिसहरुले पनि सघाउ गरेको एक नेताले बताए ।

ती नेताका अनुसार पाल्पामा बस्ने भयो भन्ने थाह पाउन साथ गुल्मी कै केहि मानिसहरुलाई विष्मात होईन भित्रि मनमा हर्ष बढाई चलेको थियो । ती केहि मानिसहरुको खिसीटिप्रीले उनिहरुको हर्षित भित्री मन उजागार गर्दथ्यो ।  अहिले फेरी उनिहरुलाई वान लागे जस्तो भएको छ ।  गुल्मी ल्याउन पहल गर्ने यहाँबाट निर्वाचित मन्त्री, सांसद, नेता र निर्माण ब्यबसायीका अगुवाहरुलाई भने खाँदा खाँदै दाँतमा ढुङ्गा लागे झैं भएको थियो ।

सांसद गीता थापा गुल्मी मै ल्याउन सफल भएकोमा अत्यन्तै हर्षित भएको बताउँ छिन । उनि भन्छिन–‘ गुल्मी परेको सडक डिभिजन एक्कासी पाल्पा सारियो । हामी छाँगाबाट खसे झै भएका थियौं  ।  त्यस पछि गुल्मी मै ल्याउन मन्त्री बराल , प्रदेश सांसदहरु, जिल्ला नेताहरु र केन्द्र सरकारका  मन्त्रीहरुको समेत यसमा ठुलो भुमिका रह्यो ।  तीन जिल्ला हेर्ने गरी सडक डिभिजन गुल्मी मै रहनु हामी सबै गुल्मेलीका लागि हर्षको कुरा हो ।’

प्रदेश सरकारबाट सञ्चालिन विकास निर्माण गुल्मीको पुल तथा सडक डिभिजन कार्यालयले हेर्ने छ ।  जसबाट गुल्मेली उपभोक्ताहरुलाई सुविधा मात्र हुने छैन , तीन जिल्लाका मानिसहरुको जमघटले ब्यापार ब्याबसायमा समेत बृद्धि हुनेछ ।  केन्द्र सरकारको ठुला योजना भने पाल्पा मै रहेको साविक सडक डिभिजनले नै हेर्नेछ । सिंचाई  र खानेपानी डिभिजन कार्यालय पनि गुल्मी मै राख्ने निर्णय भएको थियो । त्यसको भने टुङ्गो लाग्न बाँकी छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!