काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा शंकास्पद वस्तु भेटियो

Posted on: 12 Nov, 2018

कात्तिक २६, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा शंकास्पद वस्तु भेटिएको छ । सोमबार दिउँसो होटल पूर्वेली गेस्ट हाउसको एक कोठामा शंकास्पद वस्तु भेटिएको हो ।

काठमाडौं प्रहरी परिसरको अनुसार त्यहाँ केही पर्चा पनि भेटिएको छ । 

प्रहरीले घटनलाई नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग जोडेर हेरेको छ । यद्यपि, पुष्टि भइसकेको छैन ।

प्रहरीले बरामद गरेको पर्चामा भने ‘हामी नेपाली, हाम्रो नेपाल’ लगायतका विभिन्न पंक्तिहरु लेखिएको जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!