बैतडीका एक युवाले जन्मदिनको खर्च कटाएर अपाङ्गतालाई सहयोग गरे

Posted on: 23 Nov, 2018

मङ्सिर ७, बैतडी | पछिल्लो समयमा हजारौँ रकम खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेका बेला बैतडीका एक युवाले आफ्नो जन्मदिनको खर्च अपाङ्गता भएका परिवारका लागि खर्चिएका छन् । 

अनेरास्ववियुका जिल्ला अध्यक्ष भुवन कार्कीले आफ्नो २७औँ जन्मदिनको अवसरमा खर्च जोगाएर दशरथचन्द नगरपालिका–२ देहिमाडाँै निवासी अपाङ्गता भएका परिवारलाई नगदसहित लत्ताकपडा सहयोग गर्नुभएको हो । 

बिहिबार उहाँले देहिमाडाँैका पूर्णबहादुर बोहराका छोराछोरीलाई सहयोगस्वरुप रु १० हजार भन्दा बढीका लत्ताकपडा, रजाइ, गद्दा तथा रु चार हजार ५०० दिनुभएको थियो । पूर्णकी २३ वर्षीया छोरी हिरा, १५ वर्षीया करिष्मा, १८ वर्षीया भूमिका र १० वर्षीय जयन्त बोहरा अपाङ्गता छन् । 

घरमै आएर सहयोग पाउँदा आफूहरू निकै खुशी भएको छोरी हिराले बताउनुभयो । आफूहरुको पढ्ने इच्छा भएको बताउनुका साथै घरमा ह्विलचेयर जाने बाटो नहुँदा समस्या भएको उनीहरूको गुनासो थियो । अध्यक्ष कार्कीले जन्मदिनमा गरिने फजुल खर्च जोगाएर आफूले सहयोग गरेको जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!