राष्ट्रसेवक कर्मचारी समाजको अध्यक्षमा तामाङ

Posted on: 25 Nov, 2018

मङ्सिर ९, बेत्रावती (रासस) | राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटको तेस्रो साधारणसभाले नेपाल सरकारका सहसचिव रुद्रसिङ तामाङलाई अध्यक्षमा चयन गरेको छ । 

शिवपुरी गाउँपालिका–६ सुइरेचउरमा शनिबार सम्पन्न साधारणसभाले सर्वसम्मत रुपमा तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा उदयबहादुर राणा र कृष्णप्रसाद पुडासैनी, सचिवमा केशरबहादुर पण्डित, सहसचिवमा राजु प्याकुरेल र कोषाध्यक्षमा ज्ञानबहादुर अधिकारी चयन हुनुभयो । 

सदस्यमा जङ्गबहादुर अर्याल, माधव शर्मा, सन्तु श्रेष्ठ, सुरज अर्याल, विष्णुहरि रेग्मी, भीमबहादुर रोका, बुद्धिराज खड्का, बद्रीप्रसाद अर्याल, कृष्णराज खतिवडा, नारायण श्रेष्ठ र गोपी अधिकारी रहनुभएको छ । समितिको सल्लाहकारमा यसअघिका अध्यक्ष रहनुभएका डा केदारनरसिंह केसीसहित तुलसीप्रसाद सिटौला, वासुदेव गुरागार्इं, सुदर्शन भण्डारी र रेशमबहादुर पाण्डे रहेको निर्वाचन मण्डलका संयोजक रहनुभएका पत्रकार राजन कुइँकेलले जानकारी दिनुभयो । 

नुवाकोटमा जन्मेर विभिन्न सरकारी सेवामा जिल्लाबाहिर कार्यरत कर्मचारीको साझा संस्थाका रुपमा ‘राष्ट्रसेवक कर्मचारी समाज’ स्थापना भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!