एक महिना देखि अन्धकारमा मुगुबासी

Posted on: 25 Nov, 2018

नन्द बहादुर रोकाया | मङ्सिर ९, मंसिर | गमगाढ साना जलबिधुत आयोजनाको बिधुतगृहमा समस्या आई बिधुत आपुर्ति बन्द हुँदा  मुगु सदरमुकाम गमगढी लगायतका गाउँबस्तीका स्थानीय एक महिना एक हप्ता देखि अन्धकारमा छन । 

आयोजनाको उपकरण बिग्रदा बिधुत उत्पादन ठप्प भएको हो । बिधुत आपुर्ति बन्द हुदाँ  स्थानीय बासी अन्धकारमा बस्न बाध्य भएका छन  । पावर हाउसम जडान गरीएको पानी रोक्ने कन्ट्रोलर प्यानल बिग्रिदा बिधुत उत्पादन ठप्प भएको आयोजनाका प्रमुख शिब प्रसाद पाण्डेयले बताए  । बिग्रीएको मेसीन मर्मत हुन नसक्दा बिधुत उपादन हुन नसकेको हो । बिग्रिएको मेसीन खरिद गर्ने योजनामा रहेकार देशभर मेसीन खोज्दापनी नभेटीएकाले मर्मत ढिलाई भएको प्रमुख पाण्डेयले बताए । 

नेपालमा सामान नभेटिने देखिएपछी सामाना चिन बाट ल्याउने तयारी भईरहेको उहाँको भनाई छ । बिधुत बन्द हुदाँ छायाँनाथ रारा नगरपालीका भित्रका २२ सय घरदुरीका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । उज्याालो का लागी सल्लोको दियालो प्रयोग गरिन्छ, तर त्यो सजिलै पाईंदैन । स्थानीयलाई साँझ पर्न थालेपछी कसरी उज्यालो गर्ने भन्ने चिन्ताले सताउँने गरेकोस्थानीय जय लक्ष्मी खड्काले बताईन । उनि भन्नछन २०६८ सालबाट मुगुका स्थानीयले बत्ति बाल्न पाए तर दिगोपन बत्ति बाल्नभने कहिलै पाएनन् । ४ सय किलोवाट क्षमता भएको गमगढा साना जलबिधुतमा २ सय किलोवाटका दुई मेसीन जडान गरीएका भएपनी एउटा मेसीन शुरुमानै बिग्रिसकेको थियो । 

एक मेसनमा  बारम्मबार समस्या बलझिरहन्थो तर सरोकारवाला निकायले चासो नदिईको स्थानीयको आरोप छ । बत्ती नहुदाँ बिद्यार्थिको पढाईमा समेत बाधा पुगेको श्री महाकाली माध्यामिक बिद्यालयका शिक्षिकका गिता शाहीले बताउनुभयो । बत्ती नभएकै कारण बिहाना पढ्न आउने प्लस टु का बिद्यार्थिको ४० मिनेटको घण्टी लाई छोट्यार ३५ मिनेट पढाउने गरेको उहाँको भनाई छ ।  एक महिना देखि बत्ति नहुदा कार्यलयको काम कार्यमा पनी अवरोध भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!