नुवाकोटमा नेविसंघका २ नेतासहित चारविरुद्ध बलात्कार मुद्दा

Posted on: 05 Dec, 2018

मङ्सिर १९, नुवाकोट | नुवाकोटमा नेविसंघ क्याम्पस इकाईका पूर्व अध्यक्ष र उपाध्यक्षसहित चारविरुद्ध जिल्ला अदालत बलात्कारको मुद्दा दर्ता भएको छ। 

विदुर नगरपालिका-४ का बादलमान श्रेष्ठ र सोही ठाउँ बस्दै आएका रवीन थापा तथा सुर्खेत भेरीगङ्गा नगरपालिका-१२ का निर्मल विश्वकर्मा र नुवाकोट लिखु गाउँपालिका-४ चौघडाका विकास प्याकुरेलविरूद्ध मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

मुद्धा दायर गरिएका बादलमान श्रेष्ठ नुवाकोट आदर्श बहुमुखी नेविसंघका पूर्वइकाई अध्यक्ष तथा रबिन थापा नुवाकोट आदर्श बहुमुखी क्याम्पस नेविसंघका इकाइ उपाध्यक्ष तथा नेविसंघ नुवाकोटका जिल्ला सदस्य रहेको जनाइएको छ । प्रहरीले चारैजनालाई तीनसाता अगाडी पक्राउ गरेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयले कार्तिकको अन्तिम साता पक्राउ गरेका युवालाई लामो अनुसन्धानपछि बालिका बलात्कारको अभियोगमा अनुसन्धान पूरा गरेपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दर्ता गरेको हो।

कात्तिक तेस्रो साता नुवाकोटका पाँच किशोरीलाई भारततर्फ लैजाने क्रममा राति बट्टारस्थित एक होटलमा राखेर त्यहाँ बलात्कार गरेको अनुसन्धानका क्रममा खुल्न आएको नुवाकोट प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!