सल्यानको कपुरकोटमा महिला स्वास्थ्य स्वयंसेकिा सम्मानित

Posted on: 05 Dec, 2018

सन्तोष घर्ती | मंसिर १९, सल्यान | सल्यानको कपुरकोटमा १५ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेबिका दिबश मनाइएको छ । कपुरकोट गाउंपालिका गाउं स्वास्थ्य शाखाको आयोजनामा “स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा स्वस्थ्य समृद्ध राष्ट्र निर्माणमा टेवा भन्ने मुल नाराका साथ दिबश मनाइएको हो ।


स्वास्थ्य चौकी सञ्चालन तथा ब्यबस्थापन समितिका अध्यक्ष एबम् कपुरकोट गाउंपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मिन बहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रममा गाउ समाजको स्वास्थ्यका क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेबिकाहरुले गरेका योगदानका बारेमा कार्यक्रममा बोल्ने बक्ताहरुले प्रशंसा गरेका थिए ।

स्वास्थ्य चौकी कपुरकोटका प्रमुख देबेन्द्र कुमार सेनले सहजिकरण गरेको कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ४ का वडा अध्यक्ष हरिलाल पुनले स्वस्थ समाज निर्माणमा महिला स्वास्थ्य स्वयंसेबिकाहरुले खेलेको अहम भुमिकाको मुल्याङन गर्दै गाउंपालिकाले प्रोहत्सानको कार्यक्रम ल्याएको जानकारी दिए ।

कार्यक्रममा गाउं स्वास्थ्य शाखा प्रमुख अरुण दाहालले महिला स्वास्थ्य स्वयंसेबिकाको पृष्ठभुमि,काम कर्तब्य र सेवा तथा अबसरका बारेमा जानकारी गराएका थिए । कार्यक्रम महिला स्वयंसेबिकाको उत्कृष्ट भुमिका निर्बाह गर्ने रामकुमारी सेन,पाबृती बुढा र टेक कुमारी पुनलाइ कपुरकोट गाउंपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा कार्यक्रमका बिशिष्ट अतिथि जीबराज के.सी.ले जनही १ हजारका दरले गाउंपालिकाको तर्फबाट सम्मान गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!