जुम्लामा भालुको आक्रमणबाट एक युवक गम्भीर घाइते

Posted on: 20 Dec, 2018

पुस ५, जुम्ला | भालुको आक्रमणबाट जुम्लामा एक युवा गम्भीर घाइते भएका छन्। बुधबार दिउँसो भालुको आक्रमणबाट चन्दननाथ नगरपालिका- ८ जातीभिडका १८ वर्षीय जीवन कामी गम्भीर घाइते भएका हुन् ।

सोही गाउँको कानचौर भन्ने जंगलमा घरायासी प्रयोजनका लागि निगाला ल्याउन गएको बेला उनलाई भालुले आक्रमण गरेको थियो।  प्रहरी निरीक्षक प्रकाश केसीका अनुसार गम्भीर घाइते कामीको अनुहारमा भालुले चिथोरेर चिन्न नसकिने गरी छेदविच्छेद भएको छ।

गम्भीर घाइते कामीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भैरहेको छ। उनको उपचारका लागि ओ पोजेटिभ रगत आवश्यक भएको र रगत नपाउँदा समस्या भएको अस्पताल स्रोतले जनाएको छ।    

यस बिषयमा तपाइको प्रतिक्रिया...!