दाङ बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २३ पुग्यो, १४ जनाको सनाखत (नामावलीसहित)

Posted on: 22 Dec, 2018

पुस ७, बुटवल | हिजो साँझ दाङमा भएको बस दुर्घटनाका मृतक २३ मध्ये १४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

सनाखत भएकामध्ये  जुम्लाका पाँच जना र दाङ्गका ५ जना  रहेका छन । अरु विभिन्न जिल्लाका रहेका छन् ।  


बसका चालक र सहचालक दुबैको मृत्यु भएको छ । सहिद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालयबाट सल्यानमा अभ्यासका लागि गएका १६ देखि २० बर्ष उमेरका विद्यार्थीदेखि ३० बर्ष उमेर नकाटेका शिक्षक र चालक,  सहचालकको समेत ज्यान गएको छ ।  

मृतक १४ जनाको नामवली

१–कुशुम रावल बर्ष १६ , जुम्ला, चन्दनाथ न.पा. 

२–कबिता खत्री बर्ष २१, दाङ्ग बबई गाउँपलिाका ५

३–आतिस नेपाली बर्ष १७ , भेरीगंगा न.पा. ४ जाजरकोट  

४–खेमराज भट्ट, बर्ष १७ , कञ्चनपुर , कृष्णनगर न.पा.–५

५–हिक्मत बोहरा बर्ष १७ , जुम्ला चन्दानाथ गा.पा.–३  

६–प्रदिप  घिमिरे  बर्ष २८ दाङ्ग घोराही उ.म.पा.–१७  

७–संजित रतगैया बर्ष २० , दाङ्ग दंगिशरण  गा.पा.–१

८–बिरेन्द्र कडारा बर्ष २० ,  जुम्ला कान्कासुन्दरी गाउँपालिका–५ 

९–नरेश वली बर्ष २८ रुकुम भुमे गाउँपालिका–६

१०–वियय घर्ति ( जिएम ) बर्ष १९ , घोराई–१४

११–शैलाजा शाही  बर्ष १७ ,  जुम्ला हिमा गा.पा.–५ ( चालक )

१२–मदन खत्री बर्ष २६ , घोराही–३ दाङ्ग ( चालक )

१३–अजुन शाही बर्ष १७ , जुम्ला चन्दनाथ न.पा.–१४

१४–गणेश बिक बर्ष १८, तुल्सीपुर–१८ दाङ्ग .( सह–चालक )

यस बिषयमा तपाइको प्रतिक्रिया...!