बुटवल उपमहानगरपालिकाका वडासचिव पक्राउ

Posted on: 24 Dec, 2018

पुस ९, बुटवल । बुटवल उपमहानगरपालिका वडानम्वर १३ का वडासचिव भरत काउचा घुस लिएको अरोपमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज बिहान बुटवलको हाटवजार लाइनबाट काउचालाई पक्राउ गरेको जनाएको छ । 

काउचाले पञ्जीकरण जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँ सराइ जस्ता व्यक्तिगत घटनाको दर्तामा सेवाग्राहीसँग घुस लिएको बताइएको छ । सेवाग्राहीहरुले दिएको सूचनाको आधारमा पक्राउ गरिएको अख्तियारको बुटवल कार्यलयले जनाएको छ । 

अख्तियारको टोलीले काउचालाई पक्राउ गरी उनको पसल सिल गर्न लागेको प्रहरीले जनाएको छ । काउचाको बुटवल हाटबजारमा पसल रहेको छ ।  एक दशकदेखि बुटवल उपमाहनगरपालिका बिभिन्न शाखामा बसेर काम गरेका काउचा पछिल्लो समय बडा नम्बर १३ को सचिवका रुपमा कार्यरत थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!