चोरेका मोबाईल सहित १ जना पक्राउ

Posted on: 30 Dec, 2018

कमल रावल | पुष १५, अछाम | चोरि गरेका मोबाईल सहीत चोरी गर्ने कार्यमा संग्लन एकजनालाई जिल्ला प्रहरी कार्यालय अछामले पक्राउ गरेको छ । मंगलसेन बजारमा रहेको मनकामना ईलोक्ट्रोनिक एण्ड मोबाईल पसलबाट मोबाईल चोरि गरेका डोटी दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ घर भई हाल मंगलसेन बसोबास गर्दै आएका  १९ बर्षिय दिपेश परियारलाई प्रहरीले पक्राउ गरेको हो । 

ब्यापारि भरत खडकाले १७ थान मोबाईल चोरी भएको निवेदन दर्ता गराए पनी चेकजाँच गर्दा ७ थान मोबाईल सहित परियारलाई पक्राउ गरिएको हो । चोरी सम्बन्धी शिर्षकमा जाहेरी दरखास्त दिएको आधारमा निजलाई अछाम जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरी प्रमुख डिएसपि जनक बहादुर शाहीले बताउनु भयो । 

साथै दिपेशले मंगलसेन बजारमै रहेको पारस किराना पसलको ढोका फोडी पसल चोरी गरेकाले अछाम जिल्ला अदालतले २२ दिन कैद ठहर हुनेगरी फैसला गरेको छ । बजार तथा स्थानिय स्तरमा चोरि तथा अन्य घट्ना नियन्त्रणका लागि प्रहरी सक्रियता बढाईरहेको प्रहरी प्रमुख डिएसपि जनक बहादुर शाहीले बताउनु भयो । 

साथै उहाँले चोरि जस्ता कार्य नियन्त्रणका लागि सबैलाई आफ्नो घर तथा पसल अगाडी पछाडीतिर बत्ति नियमीत जलाएर राख्न समेत आग्रह गर्नु भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!