साना उद्योगकी प्रमुख प्रशिक्षक पन्त ५ हजार घुससहित पक्राउ

Posted on: 02 Jan, 2019

पुस १८, काठमाडौं | घरेलु तथा साना उद्योग कार्यालय, काठमाडौंका प्रमुख प्रशिक्षक सरिफा पन्त पाँच हजार घुससहित पक्राउ परेकी छन्।   

घरेलु उद्योग दर्ताको लागि घरधनीको नागरिकता प्रमाणपत्र नरहेकोले लाहाछाप लगाउने उद्योगको अनुमति दिन नमिल्ने भनी बिचौलिया खगेन्द्र बोहोरा र प्रशिक्षक पन्तलाई पाँच हजार घुसबापतको रकम लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।

दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!