बैतडी र दार्चुलामा भूकम्पको धक्का

Posted on: 06 Jan, 2019

पुस २२, बैतडी | छिमेकी देश भारतको उत्तराखण्ड प्रदेश केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का बैतडी र दार्चुलामा पनि महसुस गरिएको छ । 

शनिबार राति १० बजेर १ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। 

भूकम्पको केन्द्रबिन्दु दार्चुला सदरमुकामवाट दक्षिण पश्चिम २९ किलोमिटर भारतमा रहेको छ । बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको भए पनि क्षति भएको विवरण भने कतैबाट नआएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!