नेपाल आयल निगमको कार्यकारी निर्देशकमा पौडेल नियुक्त

Posted on: 08 Jan, 2019

पुस २४, काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ । 


सोमबार बसेको मन्त्रिपरिषद बैठकले खुला प्रतिस्पर्धाबाट छानिएका तीनजना मध्ये पौडेललाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पौडेल यसअघि उदयपुर सिमेन्टका महाप्रबन्धक हुनुहुन्थ्यो  । तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचारको अभियोगमा बर्खास्त भएपछि सरकारले नयाँ कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धा गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!