काठमाडौँको टोखामा हिटर पड्किएर आगलागी

Posted on: 08 Jan, 2019
 पुस २४, काठमाडौँ |  जाडोको समयमा हिटरमा देखिएको विभिन्न समस्याले दुर्घटना हुनसक्ने भन्दै प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ । 
प्रहरी प्रधान कार्यालय काठमाडौँले ग्यास जडित तथा विद्युतीय सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको हो । पुसको पहिलो हप्ता हिटरमा जोडेको ग्यास चुहिएर काठमाडौँ कलङ्कीका इञ्जिनीयर दम्पतीको ज्यान गएको घटना सेलाउन नपाउँदै आज बिहान मात्रै काठमाडौँको टोखामा हिटर पड्किएर आगलागी भएको छ । 
टोखा नगरपालिका–११ भण्डारी टोलस्थित मुकुन्दराजप्रकाश घिमिरेको घरमा आगो ताप्ने हिटर पड्किएर आगालागी हुँदा लत्ताकपडा, टिभी, ग्यास चुलोलगायत सामग्री जल्दा करीब रु दुई लाख बराबरको मालसामान नष्ट भएको प्रहरीले जनाएको छ । मानवीय क्षति भएको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!