भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

Posted on: 09 Jan, 2019

पुस २५, भक्तपुर | भक्तपुरमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सृजनानगरबाट दुवाकोटतर्फ जादै गरेको बा.९४ प ७१७४ नं.को मोटरसाइकल दुर्घटना भएको हो । 

दुर्घटनामा मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका–४ बस्ने २९ बर्षका सहिद तामाङको उपचारका क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका शेरबहादुर तामाङको डा.इवामुरा अस्पताल सल्लाघारीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!