क्याथफेष्ट मेला २०१९ आज देखि शुरु

Posted on: 13 Jan, 2019

पुस  २९, काठमाण्डौ | ललितपुरको बालकुमारीस्थित क्याथफोर्ड इन्टरनेशनल कलेज अफ इञ्जिनीयरिङ एण्ड म्यानेजमेन्टमा क्याथफेष्ट मेला २०१९ आजबाट शुरु भएको छ । 

‘नेपालका समस्याहरुको समाधान’ भन्ने मूल नारासहित शुरु भएको सो मेलामा नेपाली समाजले देखेभोगेका समस्यालाई प्रविधिमार्फत सम्बोधन गर्न खोजिएको छ । सो प्रदर्शनीमा सफ्टवेयर र हार्डवेयर प्रदर्शनी, रोबोट प्रतिस्पर्धा, मल्टिमिडिया गेम प्रतिस्पर्धा, ड्रोन रेस, सिभिल मोडलिङ, हाजिरी जवाफलगायत विविध कार्यक्रम समावेश गरिएको कलेजका प्राचार्य डा मधुसुदन कायस्थले जनाकारी दिनुभयो । 

विद्यार्थीद्वारा नेतृत्व लिइएको उक्त कार्यक्रममा इञ्जिनीयरिङ, सूचना, प्रविधि तथा व्यवस्थापन सङ्कायका १३ कलेजका विद्यार्थीको संलग्नता छ । प्रदर्शनीका लागि काठमाडौँ उपत्यकाका विविध स्थानबाट विद्यार्थी, प्राज्ञ, उद्योगी÷व्यवसायी, सरकारी वा गैरसरकारी क्षेत्रका प्रतिनिधि तथा अन्य दर्शकले अवलोकन गरिरहेका छन् । प्रदर्शनी सोमबारसम्म चल्नेछ । रासस |

यस बिषयमा तपाइको प्रतिक्रिया...!