डान्सबारमा काम गर्ने एक युवती ११ किलो चरेससहित सुन्धाराबाट पक्राउ

Posted on: 16 Jan, 2019

माघ २, काठमाडौं । सुन्धाराबाट लागूऔषधसहित एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा डान्सबारमा काम गर्ने २९ वर्षीया कान्छीमाया घले रहेकी छन् | लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो |

वैदेशिक हुलाक भन्सार कार्यालयबाट हङकङ पार्सल गरेर चरेस पठाउँदै गर्दा कान्छीमायालाई पक्राउ गरिएको ब्यूरोका प्रमुख (डीआईजी) दिनेश अमात्यले जानकारी दिए । 

कान्छीमायाको साथबाट १४८ प्याकेट धुपको बट्टा बरामद गरिएको र त्यसभित्र ११ केजी चरेस भेटिएको उनले बताए । प्रहरीका अनुसार कान्छीमाया पूर्वेली मिनी डान्सबारमा नाच्ने काम गर्छिन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!