रसुवामा ट्रक दुर्घटना, चार घाइते

Posted on: 20 Jan, 2019

माघ ६, रसुवा | उत्तरी रसुवाको याङ्याङ पाखामा मालवाहक ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान ११:३० बजे सिमेण्ट बोकी रसुवागढीतर्फ जाँदै गरेको ना ५ ख ५२०३ नंको बाह्रचक्के एलपी ट्रक दुर्घटनामा परेको थियो । 

घाइतेको रसुवा अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि काठमाडौँ लाने तयारी भरहेको बताइएको छ | रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!