पुस्तकालय सङ्घको अध्यक्षमा अधिकारी

Posted on: 21 Jan, 2019

माघ ७, काठमाण्डौ | नेपाल पुस्तकालय सङ्घको नयाँ कार्य समितिको अध्यक्षमा इन्द्रप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ । उहाँ त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुखसमेत हुनुहुन्छ । 

उपाध्यक्षमा सुदीप ढकाल, महासचिवमा रेशमा डङ्गोल, सहसचिवमा सरोज गैरे र कोषाध्यक्षमा रीता शर्मा निर्वाचित हुनुभएको सङ्घले आज जनाएको छ । यही माघ ५ गते भएको निर्वाचनले सङ्घको सदस्यमा गोविन्द चौलागाईं, वसन्त पौडेल, केन्द्रा फोम्बो, सुषमा बस्नेत, अञ्जु श्रेष्ठ, शैलेन्द्रकुमार गुप्ता र रितेस नेवाः लाई निर्वचित गरेको छ । 

नेपाल पुस्तकालय सङ्घ व्यावसायिक पुस्तकालायकर्मीको एक पेशागत सङ्घ हो । नवनिर्वाचित अध्यक्ष अधिकारीले समाजमा औपचारिक तथा अनौपचारिक दुवै किसिमका ज्ञान फैलाउन पुस्तकालयको महत्व रहेको बताउँदै प्रत्येक स्थानीय तहमा पुस्तकालयको विकास गर्न सरकारसँग सहकार्य र समन्वय गरिने बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!