अब नेपाली लाइसेन्सले अन्तराष्ट्रिय मान्यता पाउने, विदेस जाने नेपालीलाई सहज हुने

Posted on: 08 Feb, 2019

माघ २४, काठमाडौं। सरकारले नेपालबाट जारी भएका सवारी चालक अनुमतीपत्र (मोटर ड्राइभिङ लाइसेन्स)बाटै विदेशमा तीन महिनासम्म सवारी साधन चलाउन सक्ने व्यवस्था गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले संघीय यातायात ऐनमार्फत् नेपाली लाइसेन्सले अन्तरास्ट्रिय मान्यता पाउने व्यवस्था गर्न लागेको हो । 

नेपालले जारी गरेका लाइसेन्सबाट बढिमा तीन महिनासम्म विदेशमा सवारी साधन चलाउन पाउने व्यवस्था गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले मस्यौदाको क्रममा रहेको नयाँ विधयेकमा अन्तर्राष्ट्रिय सवारी चालक अनुमती सम्बन्धि व्यवस्था (इन्टरनेशलन ड्राइभिङ पर्मिट) समावेश गर्न लागिएको हो। 

नेपालीलाई फाइदा पुग्ने 

सरकारले ऐन मार्फत यस्तो सुविधा दिएमा काम गर्न र पढ्न विदेश जानेहरुलाई सहजता हुनेछ । हाल नेपालीहरुले विदेशमा सवारी साधन चलाउन सम्बन्धित देश पुगेपछि आवश्यक प्रक्रिया पुरा गरेर सोहि देशको अनुमतीपत्र लिनुपर्ने प्रावधान छ । यो व्यवस्था कार्यान्वयनमा आएपछि नेपालीले विदेशमा तीन महिनासम्म नेपाली लाइसेन्सबाटै सवारी साधन चलाउन पाउँनेछन् । अहिले १ सय ६५ वटा देशले यस्तो व्यवस्था कार्यान्वयन गरेका छन् ।   

हाल नेपाल घुम्न आएका विदेशी पर्यटक वा अन्य कामदारले यातायात व्यवस्था विभागअन्तर्गतको सवारी चालक अनुमतीपत्र कार्यालयले सम्बन्धित देशबाट लिएका लाइसेन्सलाई नेपालीकरण गरेर सवारी साधन चलाउँन दिदै आएको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!