हाङसरुम्बा चुम्लुङको केन्द्रिय अध्यक्षमा डम्मर

Posted on: 11 Feb, 2019

कमल घिमिरे । माघ २८। पाँचथर, पाँचथरमा थेगिमहाङ हाङसरुम्बा चुम्लुङ केन्द्रिय कार्य समितिको पाचौँ राष्ट्रिय अधिवेशन आइतबार सम्पन्न भएको छ ।

 हिलिहाङ गाउँपालिका भारपामा भएको अधिवेशनमा ११ सदसिय केन्द्रिय  कार्य समिति चयन गरिएको छ । नव गठित कार्यसमितिहरुमा अध्यक्षमा डम्मर प्रकाश हाङसरुम्बा, उपाध्यक्षमा धन कुमार हाङसरुम्बा र मोहन हाङसरुम्बा, सचिबमा ऐतराज हाङसम्बा,सह सचिवमा महेन्द्र हाङसरुम्बा,कोषध्यक्षमा सरस्वता हाङसरुम्बा र सदस्यहरुमा दिल बहादुर हाङसरुम्बा,सुनिता हाङसरुम्बा,सुस्मिता हाङसरुम्बा, इन्द्र हाङसरुम्बा, सिलसिला हाङसरुम्बा रहेका छन् ।

कार्यक्रम जिल्ला समन्वय समिति सभापति बिमल सापकोटाको प्रमुख आथित्य, तिल विक्रम हाङसरुम्बा को अध्यक्षता तथा हिलिहाङ गाउँपालिका का अध्यक्ष भवानि लिङदेनको विशेष आथित्यतामा सम्पन्न भएको थियो ।

            (जेष्ठ जागरिकलाई सम्मान गर्नु हुँदै जि.स.स.का सभापती विमल सापकोटा)


  अधिवेशन कार्यक्रममा हाङसरुम्बा कलाकारहरुलाई सम्मान तथा अभिनन्दन समेत गरिएको थियो । कुल्बा सुब्बा हाङसरुम्बालाई अभिनन्दन, डि.आर. हाङसरुम्बा,  बादल लिम्बु हाङसरुम्बा, जिवन हाङसरुम्बा , निर्मला हाङसरुम्बा तथा जेष्ठ नागरिक पदम ध्वोज हाङसरुम्बालाई सम्मान गरिएको थियो । कार्यक्रममा न्यु वरदान संगितालयको समेत प्रस्तुति रहेको थियो ।

आगामी दिनमा माङगेना लुङधुङ निर्माण लगायत हाङसरुम्बा बन्धुत्व एकताको लागी ऐतिहासिक कार्यहरुमा एक भएर अघि बड्ने नव निर्वाचित अध्यक्ष डम्मर प्रकाश हाङसरुम्बाले बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!