काठमाडौंलाई केन्द्रबिन्दु बनाई भूकम्प गयो

Posted on: 16 Feb, 2019

फागुन ४, काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले केहि समय काठमाडौं वरपरका क्षेत्रमा कम्पन्न उत्पन्न भएको थियो । काठमाडौँमा केन्द्रबिन्दु बनाएकाले धेरैले भूकम्पको महसुस गरेका थिए । 

भूकम्पले हल्लाएको महशुस गरेपछि धेरैले फेसबुक वालमा 'हल्लायो' भन्दै स्टाटस लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!