रूपन्देही र नवलपरासीमा पनि एनसेलका टावरमा आगजनी

Posted on: 23 Feb, 2019

फागुन ११, काठमाडौँ । रूपन्देही र नवलपरासीमा निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेलका टावरमा आगजनी भएको छ ।

प्रहरीका अनुसार रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ सूर्यपुरास्थित एनसेलको टावरमा आगजनी भएको हो । रुपन्देहीका एसपी हृदय थापाले अपरिचित व्यक्तिले बोरामा आगो सल्काएर टावरमा आगजनी गरेको बताए ।

आगजनीले टावरका तार जलेर नष्ट भएका छन् । घटनास्थलमा प्रहरी तत्काल पुग्दा मानवीय र अन्य ठूलो क्षति हुन नपाएको थापाले बताए ।

यस्तै पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ अम्रसामा रहेको एनसेलको टावरमा आगजनी भएको छ । शुक्रबार राति नौ बजेतिर एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!