प्रधानमन्त्री ओली अस्पताल भर्ना

Posted on: 06 Mar, 2019

फागुन २२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । नियमिति चेकजाँचका लागि बुधबार बिहान टिचिङ अस्पताल परिषरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका ओलीलाई चिकित्सकहरुले भर्ना गर्न सुझाव दिएका थिए । 


प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले प्रधानमन्त्री ओली नियमित चेकजाँचका क्रममा बुधबार बिहान १० बजे अस्पताल गएको र चिकित्सकले बाहिर भन्दा अस्पतालमै बस्दा राम्रो हुने सुझाव दिएपछि भर्ना गरिएको जानकारी दिए । 

प्रधानमन्त्री निकटस्रोतका अनुसार पछिल्लो समय दौडधूप बढी हुँदा उनलाई थकान महसुस हुने समस्या देखिएको थियो । कुनै समस्या नरहे पनि नियमित उपचारकै लागि प्रधानमन्त्री ओलीलाई २४ घण्टाका लागि अस्पतालमै राखिएको उपचारमा संलग्न डा. अरुण सायमीले जानकारी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!