“महिला अधिकारको निम्ती पाटन नगरपालिका प्रतिबद्ध छ” - प्रबक्ता भण्डारी

Posted on: 08 Mar, 2019

कृष्ण बिष्ट | फागुन २४, बैतडी | देशभरी १०९ औ अन्तराष्ट्रिय महिला दिवस मनाइरहंदा बैतडीको पाटन नगरपाकिामा पनि शुक्रबार डेउडा खेलका साथ सम्पन्न गरियो । युएनएफपीए, सञ्चारीका समुह नेपाल, परोपकार ग्रामिण सँघ,नेपाल परीवार नियोजन सँघ, सुआहारा र सुनोलो बचत तथा ऋण सहकारी सँस्था नेपाल र पाटन नगरपालिकाको समन्वयमा अन्तराष्ट्रिय महिला दिवस सम्पन्न गरीएको हो । 


कार्यक्रमका प्रमुख अतिथी रहनुभएको पाटन नगरपालिकाका नगर प्रबक्ता एबम वडा नं ९ वडा अध्यक्ष लोक बहादुर भण्डारीले महिलाहरुको कामको उच्च सम्मान गर्दै यसमा नगरपालिकाले आवस्यक कार्यक्रम ल्याउने बताउनुभयो । बिहान ५ बजे उठेर दैनिक कामको सुरुवात गर्ने महिलाहरुले अब आफ्नो अधिकारको निम्ती खग्रसर हुनुपर्ने बताउनुभएको हो । “ चुलोचौकोमा मात्रै सिमित नहुनुहोस, महिला समुहको रुपमा एकताबद्ध भएर नगरपालिकामा कार्यक्रमका साथ आउनु पर्ने हुन्छ” उहाले भन्नुभयो “नगरपालिकाले महिलाको अधिकारको लागि आवस्यक पहल गर्नेमा प्रतीबद्ध छ” उहाले भन्नुभयो ।


महिलाहरुको अधिकार सरकारले सुनिश्चीत गरेकाले कार्यान्वयनमा स्वमय महिलालेनै अग्रसर हुनुपर्ने उहाको भनाइ थियो । यसमा आफु कटीबद्ध भएर लाग्ने प्रतिबद्धता ब्याक्त गर्नुभयो । 

लैङ्गीक समानताका लागि समान सोंच र व्यवहार समृद्धिको आधार भन्दै,  भन्ने नारालाई मुख्या शिर्सक बनाएर देउडा प्रतियोगिता भएको थियो । सहभागी देउडिया महिलाहरुले संविधानमा प्रदत्त अधिकारहरु  अहिले  पनि महिलाहरुले  नपाएकाले सो  अधिकारहरुका लागि सबै महिलाहरुले एकिकृत स्वरुपबाट अधिकारको  लडाइ लडनु पर्ने  बताउनु  भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!