प्रधानाध्यापक चौहान पक्राउ

Posted on: 29 Mar, 2019

चैत १५, तौलिहवा (रासस) | नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा संलग्न रहेको आरोपमा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानलाई प्रहरीले आज पक्राउ गरेको छ । 

विप्लव समुह निकट अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्षसमेत रहनूभएका चौहानलाई निषेधित क्रियाकलापमा संलग्न रहेको आशङ्कामा मायादेवी गाउँपालिका–५ स्थित उहाँकै घरबाट पक्राउ गरिएको हो । 

चौहानउपर सार्वजनिक हित सुरक्षा नैतिकताविरुद्धको कसुर मुद्दामा १५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी दिनुभयो । यसअघि विप्लव समूहमा आबद्ध तीन जनालाई पक्राउ गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!