सिसडोलमा फोहोर बोक्ने गाडिको ठक्करबाट एक किशोरको मुत्यु

Posted on: 02 Apr, 2019

चैत १९, काठमाडौं ।  फोहोर बोक्ने निजी सवारी साधनले सिसडोलका एक युवकलाई ठक्कर दिंदा एक युवकको मृत्यु  भएको छ | 

काठमाडौबाट फोहोर बोकेर गएका बा२ ख ९६४७ नम्बरको फोहोर बोक्ने ट्रकले ओखरपौबा बस्दै आएका १६ वर्षिय संजिव नेपालीलाई ठक्कर दिएपछी किशोरको मृत्यु भएको हो । 

दिउसो करिब एक वजे उक्त ट्रकले ल्याण्डफिल साइटमा फोहोर खसाल्ने क्रममा ब्याक गर्दा नेपालीलाई ठक्कर दिएको थियो । घाइते नेपालीको टोखा स्थित ग्रयाण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

ल्याण्डयफिल साइटमा फोहोर टिप्ने काम गर्दै आएका नेपालीको सवारी साधनको ठक्करबाट मृत्यु भएपछि ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन ठप्प भएको छ । कामपा वातावरण विभाग सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले दुर्घटना लगत्तै फहोर व्यवस्थापन रोकिएको जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!