सिरहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु

Posted on: 09 Apr, 2019

चैत २६, सिरहा । सिरहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ | लहान  नगरपाकिा १३ भोटियाटोल चौक नजिक पुर्व पश्चिम राजमार्ग अन्तर्गत पुर्वबाट पश्चिम तर्फ बिस्कुट बोकि जादै गरेको ना ३ ख ७७७४ नम्बरको ट्रकले विपरीत दिशाबाट आईरहेको स ९ प ७३७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार तिनै जनाको घटना स्थलमै मुत्यु भएको हो ।

मृत्यु हुनेहरुमा लहान नगरपालिका ४ बस्ने वर्ष २६ को भोला सहनीको छोरा कृष्णा सहनी, अर्का वर्ष २६ का शिवनाथ सहनीका छोरा शिव कुमार सहनी र वर्ष २५ का छेदी मण्डलका छोरा २५ का मनोज मण्डल रहेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्डमको लागी लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा राखिएको छ । ठक्कर दिएको गाडी र गाडी चालक ईलाका प्रहरी कार्यालय धनगढीको नियंत्रणमा राखिएको भने मोटरसाईलक ईलाका प्रहरी कार्यालय लहानको नियंत्रणमा रहेको प्रहरीले जनाएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!