ससुरालीमा ढुङ्गाले हानेर श्रीमानको हत्या

Posted on: 22 Apr, 2019

वैशाख ९, बेझाड (रासस) | पाल्पामा ढुङ्गा प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । रैनादेवी छहरा गाउँपालिका–३ छचुवामा आज ३९ वर्षीय मङ्गला कुमालले ४० वर्षीय श्रीमान् लोकबहादुर कुमाललाई ढुङ्गा प्रहार गरी हत्या गरेकी हुन् । 

श्रीमतीको ढुङ्गा प्रहारबाट घाइते भएका लोकबहादुरलाई उपचारका लागि मिसन अस्पताल पाल्पामा पुर्याएपछि उनको मृत्यु भएको प्रहरी निरीक्षक देवराज पौडेलले जानकारी दिनुभयो । 

अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ घर भई ससुरालीमा आएका बखत श्रीमतीको ढुङ्गा प्रहारबाट लोकबहादुरको मृत्यु भएको हो । मङ्गलालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!