घरधनीलाई घर निर्माण प्रमाणपत्र

Posted on: 26 Apr, 2019

वैशाख १३, विदुर (रासस) | नुवाकोट,  सूर्यगढी गाउँपालिकाको चोकदेमा भूकम्पपछिको पुनःनिर्माण भएका घरधनीलाई घर निर्माण सम्पन्न प्रमाणपत्र वितरण गरिएको  छ । 

भूकम्पपीडितलाई आवास निर्माणमा यूएनओपिएसले निःशुल्क नक्शा एवं प्राविधिक सहयोग गरेको थियो । संस्थाले एक वर्षदेखि भूकम्पपीडितका घरघरमा गएर उनीहरुका समस्या र चुनौतीका विषयमा  सोधपुछ गरी राहतदेखि भूकम्पबाट नभत्किने घर बनाउने तरिकाबारे सिकाएको  गाउँपालिकाका स्थानीयवासीले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले नक्कली भूकम्पपीडितलाई कानूनी दायरामा ल्याउन र वास्तविक पीडितलाई राहत दिलाउनका लागि सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो । कार्यक्रममा २९ जनालाई घर निर्माण सम्पन्न प्रमाणपत्र वितरण गरियो ।  गाउँपालिकामा ७५ प्रतिशतभन्दा बढी घरको पुनःनिर्माण भइसकेको गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले तामाङले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!