बहराईनमा ज्यान गुमाएका राई परिवारलाई आर्थिक सहयोग

Posted on: 29 Apr, 2019

चिसाङ शेर्पा | बैशाख १६, खोटाङ | बैदेशिक रोजगारीको क्रममा बहराईनमा ज्यान गुमाएका राई परिवारलाई आर्थिक सहयोग गरिएको छ । रोजगारीको सिलसिलामा ६ महिना अघि ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा टारीका घमण्ड बहादुर राईको परिवारलाई आर्थिक सहयोग गरिएको हो । 


प्रेसर हाईका कारण गत कात्तिक ५ गते बहराईनमा ज्यान गुमाएका राईको श्रीमती वालकुमारी राईलाई आईतबार दिक्तेलस्थित हाँटडाँडामा ८० हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरिएको किरात राई यायोक्खा खोटाङका सदस्य किसन कुमार राईले बताए । किरात राई यायोक्खा बहराईनले जम्मा गरेको रकम यायोक्खा खोटाङका निवर्तमान अध्यक्ष प्रश्नराज राईले पीडित परिवारलाई हस्तान्तरण गरेका थिए । ज्यान गुमाएका राईको एक २ छोरा र एक श्रीमती छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!