विजुली वलेपछि स्थानीय हर्षित

Posted on: 29 Apr, 2019

चिसाङ शेर्पा, बैशाख १६ खोटाङ | वर्षौदेखी अध्याँरोमा बस्दै आएका स्थानीयहरु केन्द्रीय प्रसारण लाईनको विजुली वलेपछि हर्षित भएका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीमा केन्द्रीय प्रसारण लाईनको विजुली वत्ती वलेसँगै स्थानीयहरु हर्षित भएका हुन् ।

नेपाल विधुत प्राधिकरण र गतवर्ष गाउँपालिकाले छुट्याइएको २० लाख बजेट अन्तरगत निर्माण सम्पन्न भएको केन्द्रीय प्रसारण लाईनको सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले स्वीच थिचेर उद्घाटन गरेका छन् । उद्घाटन सँगै सोही दिन साँझबाट छितापोखरीका १ सय १० घरधुरीमा वत्ती वलेको निर्माण उपभोक्ता समितिले जनाएको छ । 

यसअघि, सोलार तथा टुकीको भरमा बस्दै आएका स्थानीयको घरमा आजबाट चौविसै घण्टा केन्द्रीय प्रसारणको वत्ती वलेपछि दैनिक जनजीवनमा सहजता आएको छ । विजुली वलेपछि कम्प्युटर, इमेल, ईन्टरनेट चलाउन, टेलिभिजन हेर्न, मोवाईल चार्ज गर्न, कुटानी पिसानी गर्नलाई सहज भएको छ । अब, उक्त गाउँपालिकाको बतासे, याम्खा र छितापोखरीका केही भूभागमा विजुली वत्ती वल्न बाँकी छ । बाँकी रहेका स्थानहरुमा आगामी वर्षसम्म वत्ती विस्तार गरिने गाउँपालिका अध्यक्ष राईले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!