बझाङमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

Posted on: 02 May, 2019

बैशाख १९, बझाङ –बझाङको थलारा गाँउपालिकामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

थलारा गाउँपालिका –५ गौमती खोलामा  बिहीबार बिहान से १ ज १००७ नम्बरको जीप दुर्घटना हुँदा थलारा गाँउपालिका – ६ का सहचालक १९ वर्षीय टीका भट्टराईको घटना स्थालमा नै ज्यान गएको प्रहरीले जनाएको छ । 

जीप विवाहको सामान पुर्‍याएर फर्कने क्रममा दुर्घटना भएको जनाइएको छ । दुर्घटनापछि चालक फरार छन् । घटनाबारे थप अनुसन्धान भैरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!