हिमपहिरामा परेका सुजन खड्काको २४ घण्टापछि जीवितै हेलिकप्टरमार्फत उद्धार

Posted on: 02 May, 2019

 वैशाख १९, रुकुमपूर्व । हिमपहिरामा परेका सुजन खड्काको २४ घण्टापछि जीवितै हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–९ खाराबाङका १७ वर्षीय खड्का लालपाटन हिमालको हिउँसाँघुमा हिम पहिरोमा परेका थिए । हिमपहिरोमा परी घाइते खड्कालाई उपचारका लागि जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको पहलमा नेपाली सेनाको हेलिकप्टरमार्फत कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा लगिएको छ । 

बहुमुल्य जडिबुटी यार्सागुम्बा टिप्न डोल्पा जान भनेर घरबाट निस्कनुभएका खड्का हिमपहिरोमा पर्नुभएको थियो । खड्कासँगै जानुभएका रामचन्द्र रोकाय सामान्य घाइते हुनुभएको छ । खड्काको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!