नेपालमा रहेका पर्यटकलाई सुरक्षित राख्न पर्यटन विभागको आग्रह

Posted on: 03 May, 2019

बैशाख २०, काठमाडौं | पर्यटन विभागले मौसमको ख्याल गरेर नेपाल भ्रमणमा रहेका पर्यटकलाई सुरक्षित राख्न व्यवस्थापनको कार्य गर्ने एजेन्सीहरूलाई अनुरोध गरेको छ। 

पर्यटन विभाग अन्तर्गत होटल तथा पर्वतारोहण शाखाले पर्यटक तथा अन्य नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गर्दै विज्ञप्ति जारी गरेको हो । विभागले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, 'नेपालका विभिन्न क्षेत्रमा भ्रमणमा रहनुभएका तथा पर्वतारोहणका लागि विभिन्न हिमाल अवस्थित क्षेत्रमा जानू भएका पर्यटक तथा पर्यटकलाई व्यवस्थापन गर्ने एजेन्सीहरूले स्थानीय मौसमको ख्याल गरी आफू र आफ्ना पर्यटकलाई सुरक्षित स्थानमा राख्ने तथा कुनै पनि क्षति हुन नदिने प्रबन्ध गर्नु/गराउनु भई नेपालको पर्यटन क्षेत्र सुरक्षित र विश्वसनीय रहेको सन्देश प्रवाहमा सहयोग गर्नुहुन अनुरोध छ।' 

जल तथा मौसम विज्ञान विभाग र देशविदेशका मौसम विद्ले आगामी केही दिन मौसम सअमान्य रहने, हिमाली क्षेत्रमा भारी हिमपात हुने पूर्वानुमान गरेको छ। यसले पर्यटन विभागको ध्यानाकर्षण भएको आचार्यले विज्ञप्तिमा उल्लेख गरेकी छन। भारतमा आएको फानी चक्रवातको प्रभाव नेपालमा पनि पर्ने अनुमान गरिएको छ। नेपालमा हावाहुरी र वर्षा तथा चट्याङ पर्ने पूर्वानुमान गरिएको छ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!