प्रधानमन्त्रीको गृहक्षेत्रः आश्वासन बढी, काम शून्य

Posted on: 05 May, 2019

बैशाख २२, दमक । अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी ओलीले आफ्नो क्षेत्रमा विकासे योजनाको थुप्रो ल्याउने बताएका थिए । उनले कागजमा केही योजना पनि ल्याए । यो समाचार आजको नागरिकमा युवराज विवशले लेखेका छन् । 

तर, ती कार्यान्वयनमा भने अझै गएका छैनन् । २०६४ सालको संविधानसभा निर्वाचनबाहेक हरेक निर्वाचनमा आफैँले जित्दै आएको झापालाई उनले कागजी ‘सरप्राइज’ दिए तर त्यो अहिलेसम्म कामका रुपमा देखा परेको छैन । 

विगतका निर्वाचनमा विकासमा चासो नराखेको आरोप खेप्ने ओलीले यसपटक भने सबैलाई चकित पार्ने योजना ल्याएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!