काठमाडौं प्रहरी प्रमुख फेरिए

Posted on: 06 May, 2019

वैशाख २३, काठमाडौं । प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी परिसर र अपराध महाशाखामा नेतृत्व परिवर्तन गरेको छ ।


प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौंको प्रहरी प्रमुखमा एसएसपी उत्तमराज सुवेदी सरुवा भएका छन्, भने काठमाडौं प्रहरी प्रमुख वसन्त लामा लागू औषध नियन्त्रण व्यूरोमा सरुवा भएका छन् ।

यस्तै अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा सरुवा भएका छन् । विराटनगर तालिमकेन्द्रमा रहेका थापालाई धिरजप्रताप सिंहको ठाउँमा ल्याइएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!