बागलुङ समाज पोर्चुगलमा खड्का

Posted on: 06 May, 2019

भगवान् गिरी,   वैशाख २३, पोर्चुगल  । शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यका साथ आइतबार बागलुङ जन्म घर भई पोर्चुगललाई कर्मथलो बनाई बस्दै आउनुभएका बागलुङ्गेको भेला पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भयो ।

भेलाले प्रेमबहादुर खड्काका अध्यक्षतामा बागलुङ समाज पोर्तुगल कार्यसमिति गठन गरेको छ । समितिका उपाध्यक्षमा ज्ञानु गौतम, ओम कार्की, डोलेन्द्र राना, केशवबहादुर केसी र गङ्गा क्षत्री, महासचिवमा विक्रम गौतम, सचिवद्वयमा रमेश बुढाथोकी र किरण दीप, कोषाध्यक्षमा गङ्गाराम कँडेल र सहकोषाध्यक्षमा टीका सापकोटा हुनुहुन्छ । 

भेलाको उद्घाटन सत्रमा गैह्रआवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय परिषद् सदस्य नरेन्द्रबहादुर हमाल, नेपाल पत्रकार महासङ्घ युरोप शाखाका महासचिव योगेन्द्रमिलन छन्त्याल, रविलाल उपाध्याय सूर्य हमाल, दीपेन्द्र आचार्य र गङ्गाराम कँडेलले बागलुङ जिल्लामा शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सहयोग पु¥याउनका लागि पहल गर्न जोड दिनुभयो ।  कार्यक्रममा विभिन्न सङ्घसंस्थामा नेतृत्व गर्ने र व्यवसाय सञ्चालन गरेका बागलुङ्गेलाई सम्मान गरिएको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!