सप्तरीमा सर्पको टोकाईबाट १ बालिकाको मृत्यु

Posted on: 08 May, 2019

बैशाख २५, सप्तरी | सप्तरीको छुट्टाछुट्टै घटनामा आज एक बालिकासहित दुईको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा आज सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।  

मृत्यु हुनेमा सोही गाउँपालिका–५ वनरझुलाका रन्जितकुमार रायको नौ महीने छोरी प्रियाकुमारी राय रहेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो । स्थानीय  दिनेशकुमार राय (ठूलो बुबा)को घर आँगनमा खेल्ने क्रममा दुलोभित्र बालिकाले दाहिने हात हाल्दा विषालु सर्प गोमनले उनलाई टोकेको थियो ।  

सर्पका टोकाइबाट गम्भीर घाईते भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!