सप्तरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

Posted on: 08 May, 2019

बैशाख २५, सप्तरी | सप्तरीको रुपनी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।  

रुपनी बजारबाट–राजविराजतर्फ जाँदै गरेको स६प १८७२ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री सोही ठाउँका ४५ वर्षीय महेन्द्र यादवको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।  

ठक्करबाट गम्भीर घाईते भएका यादवको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकलसहित त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!