सांसदको कोठाबाटै ५४ हजार रुपैयाँ चोरी

Posted on: 08 May, 2019

बैशाख २५, सुर्खेत । कर्णाली  प्रदेश सभा सांसद कुर्मराज शाहीको कोठाबाट रुपैयाँ चोरी भएको छ । मंगलबार दिउँसो २ बजे कर्णाली प्रदेशसभा सदस्य कुर्मराज शाहीको खजुरास्थित कोठाबाट ५४ हजार रुपैयाँ चोरी भएको हो । योजनाको विषयमा मन्त्रालय गएका बेला कोठाबाट रुपैयाँ चोरी भएको शाहीले बताए । ‘दिउँसो करिब २ बजेतिर हो’ उनले भने, ‘कोठाको तालाफोडेर दराजभित्रको रुपैयाँ चारी भएको छ ।’ कोठामा लगाएको ताला सरियाले फोडेको उनले बताए ।

कोठामा भएका अरु सबै सामानहरु केही नचलाएर रुपैयाँ मात्र चारी भएको सांसद शाहीले बताए । घरमा कोही नभएको मौका पारी पैसा चोरिएको उनको भनाई छ । सांसद शाही वीरेन्द्रनगरको खजुरास्थित सिम्ताली चोक नजिकै भाडामा बस्दै आएका छन् । उनी कालिकोटबाट निर्वाचित सांसद हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने चोरी गर्नेको खोजी भइरहेको जनाएको छ । ‘घटना हुँदा बित्तिकै हामी त्यहाँ पुगेका थियौँ,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदीप क्षेत्रीले भने, ‘हामीले गम्भीर रुपमा लिएका छौं । अहिलेसम्म पत्ता लागेको छैन । खोज्ने काम भइरहेको छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!