खोटाङमा ट्याक्टर दुर्घट्ना, तीनजना गम्भीर घाइते

Posted on: 08 May, 2019

चिसाङ शेर्पा | वैशाख २५, खोटाङ | खोटाङमा ट्याक्टर दुर्घट्ना हुंदा तीनजना घाइते भएका छन् । जिल्लाको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित हुम्मापोखरी नजिक बुधबार साँझ को २ त ५२३७ नम्बरको खाली ट्याक्टर अनियन्त्रि भई पल्टीदा चालक सहित दुई जना महिला गम्भीर घाईते भएका छन् ।

घाइते हुनेमा सोही गाउँपालिकाको डम्वर्खुशिवालय वस्ने २२ वर्षीय तारा चौलागाँई, २० वर्षीय देबी चौलागाँई र चालक २५ वर्षीय शिवजी खड्का रहेका छन् । ताराको खुट्टामा, देबीको टाउकोमा र चालकको निधार र छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशव कुमार कटवालले जानकारी दिए ।

तीनैजना घाईतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि एम्बुलेन्स मार्फत विराटनगरको नोवेल अस्पताल रेफर गरिएको छ । ट्याक्टरका चालक विदामा रहेको र ट्याक्टर धनीका छोराले आफै कुदाउदा दुर्घट्ना भएको एकजना स्थानीयले बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!