बझाङमा जिप दुर्घटना, एक जनाको मृत्यु

Posted on: 11 May, 2019

सम्राट सिंह । बैशाख २८, बझाङ । बझाङमा जीप दुर्घटना हुँदा एकको जनाको मृत्यु भएको छ । शुक्रबार राती चैनपुरबाट धामीलेक जाने क्रममा जयपृथ्वी नगरपालिका ११ को धामीलेकमा से १ ज ७७६ नम्बरको जिप दुर्घटना हुँदा एकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जयपृथ्वी नगरपालीका वडा नम्बर ११ घर भएका बर्ष २८ कि भगवती देवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जीप चालक भने फरार रहेका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!